काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको महिला समितिमा शैक्षिक परामर्श व्यवसायी उमा खड्का पाठक मनोनीत भएकी छन् ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले उनलाई महिला समितिमा मनोनीत गरेका हुन् । संघका कार्यसमिति सदस्य तथा महिला समिति सभापति मिना गोपालीको समितिलाई पूर्णता दिने क्रममा खड्का महिला समिति सदस्य मनोनीत भएकी हुन् । संघको महिला समिति सदस्यमा मनोनीत गरेकोमा खड्काले आभार व्यक्त गरेकी छन् ।
उनी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को कार्यसमिति सदस्य तथा सिएसआर र युएसए डिपार्टमेन्ट प्रमुख हुन् ।
Comments are closed.