सहकारी शिक्षा तथा मानसिक स्वास्थ्यको हेरचाह सम्वन्धी कार्यक्रम सम्पन्न

पोखरा । पोखरा रोयल वचत तथा ऋण सहकारी संस्थाले भण्डारढिक सेवाकेन्द्रमा सहकारी शिक्षा तथा तनावपुर्ण अवस्थामा मानसिक स्वास्थ्यको हेरचाह बिषयक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको वित्तीय अवस्था बर्तमान परिवेशमा समग्र सहकारीको अवस्था, मासिक बचत, जगेडाकोषको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले सहजिकरण गरेका थिए ।

बरिष्ठ मनरोग बिशेषज्ञ डा. रवीराज तिम्सेनाले तनाव पुर्ण अबस्थामा कसरी आफ्नो हेरचाह आफैले गर्ने, भावनामा बग्नु, दुखी महशुस गर्नु, आत्तिनु, डराउनु र सानो सानो कुरामा पनि अत्यधिक खुसी हुनु पनि मानसिक समस्या हुने बताए । तनावलाई कम गर्नको लागी आफुलाई आनन्द प्राप्त हुने चिजहरुको लागी समय निकाल्ने, व्यक्ति अनुसार, ठाँउ अनुसार फरक फरक तरिकाले तनाव व्यवस्थापन हुने बताए ।

jutta mela

संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गरुङले सहकारीले आफ्ना सदस्यलाई बेला बेलामा यस्ता कार्यक्रम गरी वित्तीय सचेतना गराउने बताए । कार्यक्रमको अध्यक्षता भण्डारढिक सेवाकेन्द्र ब्यबस्थापन उपसमितिका संयोजक जंग बहादुर गुरुङले गरेका थिए । कार्यक्रमको संचालन सेवाकेन्द्र प्रमुख उमनाथ आचार्यले गरेका थिए ।

You might also like

Comments are closed.