रामपुर साकोसको रणनीतिक व्यावसायिक योजना सौराहामा सुरु

रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सुरु भएको छ ।

संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा संचालन भइरहेको छ । उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव किर्तिनाथ श्रेष्ठले गरेका हुन् ।

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा तिन दिनसम्म कार्यशाला चल्नेछ । कार्यशालाको सहजिकरण नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिस्ठ अधिकृत भरत न्यौपाने र कार्यक्रम अधिकृत उमेश कोईरालाले गरिरहेका छन् ।

jutta mela

संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारीलाई लक्षित गरि कार्यशाला आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने रणनीतिक व्यवसायीक कार्यशालाले संस्थाको आगामि ४ वर्षे रणनीतिक योजना तयार पार्नेछ । कार्यशालाका आइतवार साझ नै सहकारीको समूह सौराहा आईपुगेको हो ।

संस्थाको कुल पुजि माघ महिनासम्म ६० करोड ६२ लाख, ४ हजार ३०१ जना सेयर सदस्य आवद्द रहेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले सौराहामा आयोजना गरिएको कार्यशालाबाट संस्थाले अब ४ वर्षसम्म गर्ने विभिन्न योजना तयार पारि अगाडि बढ्ने उद्देश्य अनुसार संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीलाई लक्षित गरेर कार्यशाला आयोजना गरिएको बताए ।

You might also like

Comments are closed.