रामपुर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला सम्पन्न

रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको आयोजनामा तिन दिनसम्म संचालन भएको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।

चितवनको पर्यटकिय सौराहाको आमा गार्डेन होटलमा भएको कार्यशाला नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा संचालन भएको हो।

सोमवार सुरु भएको कार्यशाला बुधबार समापन भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यशालाको समापन सत्रमा उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत र संचालन सचिव किर्तिनाथ श्रेष्ठले गरेका हुन् ।

jutta mela

सहजकर्ता नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिष्ठ अधिकृत भरत न्यौपाने र कार्यक्रम अधिकृत उमेश कोईरालाले तिन दिनसम्म संस्थाको आगामी रणनीतिक योजनाबारे सहभागीलाई सैद्धान्तिक तथा प्रयोगात्मक सहजिकरण गरेका हुन् । सहजकर्ता न्यौपाने र कोइरालालाई संस्थाले मायाको चिनो पाल्पाली करुवा प्रदान गरेको छ।

संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारीलाई लक्षित गरी कार्यशाला आयोजना गरिएको हो ।

समापन सत्रका अवसरमा अध्यक्ष रेग्मीले सेयर सदस्यलाई थप गुणस्तरीय सेवा, छिटो छरितो र समयानुकूल भित्रीएका प्रवीधीलाई अवलम्बन गर्दै सहज सेवा दिन रणनीतिक योजना निर्माण गर्न कार्यशाला आयोजना गरिएको जानकारी दिदै रणनीतिक योजना तयार पारी सोहि अनुसार संस्थाका गतिविधि अगाडि बढाउने बताए ।
माघ महिनासम्म संस्थाको कुल पुँजी ६० करोड ६२ लाख, ४ हजार ३०१ जना सेयर सदस्य आवद्द रहेको संस्थाले जनाएको छ ।

You might also like

Comments are closed.