काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंको नवौं साधारणसभा तथा पाँचौं अधिवेशन फागुन २० र २१ गते हुने भएको छ ।
फागुन २० गते आइतबार संघको कार्यालय बाफलमा साभारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम तथा बन्द शत्र हुनेछ ।
२१ गते सोमबार द लिफ लाउन्ज रेष्टुरेन्ट छाउनीमा घोषणा तथा पदस्थापन कार्यक्रम हुने उपाध्यक्ष महेश कुँवरले जानकारी दिए ।
आर्थिक मन्दीका कारण व्यवसायीहरु समस्यामा रहेको अवस्थामा आयोजित साधारणसभा तथा अधिवेशनबाट आगामी रणनीति तय हुने बताइएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।
Comments are closed.