बैकिङ कसूर तथा सजाय विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतबाट प्रस्तुत ‘बैकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते आइतबार बिहान ११ बजे बस्नेछ । रासस

You might also like

Comments are closed.