यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्या २५ लाख नाघ्न सक्ने

कोलम्बो । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएका छन् ।

उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए । उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए ।

उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् ।

jutta mela

मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए । रासस/सिन्ह्वा

You might also like

Comments are closed.