सत्तीघाट पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

 

बाँके । बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तगर्त राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएपछि स्थानीयबासीलाई आवातजावातमा सास्ती भएको छ ।

बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ । कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुर तर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याव) भत्किएको हो । पुल किनारमा रहेको स्ल्याव भत्किए सँगै बर्दिया र कैलाली बीचको आवागमन बन्द गरिएको छ ।

राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी, बर्दिया प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीलगायतले स्थलमा पुगी क्षतिको विवरण लिएका थिए ।

You might also like

Comments are closed.