पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ ।

मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको सोमबार चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय आचार्यको ७२ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय आचार्यका श्रीमान रितुनाथ, छोराहरु धनराज, शिवराज र सञ्जय तथा २ जना छोरीहरु छन् ।

 

You might also like

Comments are closed.