खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधि उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकूद महासङ्घ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ट्रमा सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी, रक्तसंचार, फार्मेसी, रेडियोलोजी÷इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), प्याथोलोजी ल्याब, शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण) सेवा उपलब्ध गराउनेछ ।

jutta mela

त्यस्तै स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायत०, न्युरो सर्जरी (बहिरङ÷अन्तरङग), इएनटी (बहिरङ÷अन्तरङग), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङग), सघन उपचार र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा तथा सामाजिक सेवा एकाइमार्फत औचित्य हेरी सहुलियतपूर्ण तबरले ट्रमा सेन्टरले उपलब्ध गराउने छ ।

ट्रमा सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधि, औषधिजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि बिरामी स्वयंले व्यवस्था गर्नु÷गराउनुपर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीको भुक्तानी ट्रमा सेन्टरको सिफारिसका आधारमा बिरामीले राखेपसँग शोधभर्नाका लागि पेश गर्न सक्ने छ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नुपर्नेछ ।

सेन्टरले प्रवाह गर्ने तीन किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नुपर्ने बोन क्यान्सरका बिरामीको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्नेछ ।

सदस्य–सचिव सिलवालले सम्झौता सम्भव गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए । डा पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनुपर्छ भन्ने मान्यताका साथ सम्झौता गरेको बताए ।

You might also like

Comments are closed.