काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को वरिष्ठ उपाध्यक्षमा जय शिवाकोटी चयन भएका छन् ।
गत असोज ५ गते सम्पन्न साधारण सभाबाट निर्विरोध निर्वाचित कार्यसमितिको बैठकले तीन जना उपाध्यक्षबाट शिवाकोटीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । साधारण सभाले उपाध्यक्षमा शिवाकोटीसहित राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो ।
शिवाकोटी लामो समयदेखि व्यावसायिक राजनीतिमा रहँदै आएका छन् । यसअघि एनसीआईसीकेको कार्यसमिति उपाध्यक्ष रहेका शिवाकोटीसँग नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्य तथा भन्सार एजेन्ट महासंघका संस्थापक अध्यक्ष रहेर काम गरेको अनुभव छ ।
संघको विधान अनुसार एक जना वरिष्ठ उपाध्यक्ष र दुई जना उपाध्यक्ष रहने व्यवस्था छ ।
Comments are closed.