प्रदेश योजना आयोगमा माया तिम्सिना

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा.दामोदर रेग्मी सहभागी थिए ।

सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ तथा प्रदेशका पञ्चवर्षीय योजना कार्यान्वयन, दीगो विकासका लक्ष्य प्राप्तिका साथै रोजगारी सिर्जना हुने गरी आयोगले काम गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा– ३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छन् । जनसांख्यिक अर्थशास्त्र, कृषि, खाद्य सुरक्षा, सार्वजनिक खर्च प्रणाली, वित्तीय संघीयता, रोजगारी र आम्दानीको वितरण लगायत विषयको अनुसन्धानमा उनको विशेष रुचि छ । उनीसँग त्रिभुवन विश्वविद्यालय मातहतको रत्नज्योति कलेज, काठमाडौंमा अध्यापन गरेको अनुभव छ । सपथपछि उनले प्रदेश सरकारको गरिमा थप उँचो पार्नेगरी काम गर्ने प्रतिबद्धता जनाइन् । पोखरेल सरकारले यसअघि उपाध्यक्ष र सदस्यमा क्रमशः डा. रघुराज वाग्ले र डा. सुवाश अधिकारी नियुक्त भइसकेका छन् ।

You might also like

Comments are closed.