राष्ट्रिय स्तरीय पारा एथलेटिक्स प्रतियोगिता २०८१ आयोजना (फोटो फिचर)

काठमाडौं । खेलकुद विकास परिषद बागमती प्रदेशद्वारा आयोजित दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको मंगलबार बागमती प्रदेशकी युवा तथा खेलकुद विकास मन्त्री रमा आलेले उद्घाटन गरेकी छन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री आलेले आफ्नो कार्यकाल अवधिमा पारा खेलकुदलाई अझ प्रोत्साहन मिल्ने गरि रणनीति तयार गरेको बताइन् । खेलाडी र खेलको महत्व बुझी सधैं अग्रपंक्तिमा उभिने प्रतियोगिताका संयोजक एवं पारा एथलेटिक्स एसोसिएसनका अध्यक्ष ओमनाथ शिवाकोटीको खुलेर प्रशंसा गरिन् ।

राष्ट्रिय पारालिम्पिककी अध्यक्ष राधा घलेले नेपालले इतिहासमै पहिलो पटक पारालिम्पिक खेलमा स्वर्ण पदक जितेको स्मरण गराइन् । हालै चीनमा सम्पन्न एशियाड खेलकुदमा पारालिम्पियन पलेशा गोबर्धनले अहिलेसम्मकै इतिहासमा कास्य पदक सहित उच्च पदक जित्दै देशलाई ठूलो सफलता दिलाएको उल्लेख गर्दै सधैं पारा खेलकुद र खेलाडीको हितमा लागि पर्ने ओमनाथ शिवाकोटीलाई धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा राष्ट्रिय पारालिम्पिकका महासचिव पशुपति पराजुलीले प्रदेश स्तरमा पारा खेल कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु सुखद पक्ष रहेको बताए ।

काठमाडौं जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले फरक क्षमता भएका व्यक्तिहरुलाई घरबाट नै बहिष्कार शुरु हुने गरेको उल्लेख गर्दै राष्ट्रले पनि विगतमा पारा खेलकुदलाई बजेट नछुटयाउने गरेको गुनासो गरिन् ।

सो अवसरमा काठमाडौं जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगर र पारालोम्पियन बिक्रम बहादुर रानालाई सम्मान गरिएको थियो । रानालाई १६ हजार नगद राशी सहित सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र प्रदान गर्नु पूर्व खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य प्रल्हाद दाहालले त्यहाँ उल्लेख भएको व्यहोरा वाचन गरेका थिए ।

दोस्रो बागमती राष्ट्रिय स्तरिय पारा एथलेटिक्स प्रतियोगिता २०८१ असार १८ र १९ गरि दुई दिनसम्म चल्ने र ओमनाथ शिवाकोटीको संयोजकत्वमा कार्यक्रम भएको दाहालले जानकारी दिए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरे लगायतको सहभागिता थियो ।

उद्घाटन सत्र लगत्तै आयोजित प्रतियोगिता अन्तर्गत पहिलो चरणमा सम्पन्न भएका केहि खेलका विजेता खेलाडीहरुलाई पदक समेत वितरण गरिएको थियो । लगनखेलमा जारी उक्त प्रतियोगिता अन्तर्गतका अन्य खेलहरु जारी छन् । प्रतियोगितामा १४ विधाका विभिन्न खेलका खेलाडीहरु सहभागी छन् । कार्यक्रमको अन्त्यमा संयोजक ओमनाथ शिवाकोटीले यसरी पारा खेललाई महत्व दिई कार्यक्रम आयोजना गरेकोमा बागमती प्रदेश खेलकुद विकास परिषदलाई विशेष धन्यवाद दिए ।

You might also like

Comments are closed.