नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने

काठमाडौं ।  नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ताले १५ करोड रुपैयाँबराबरको साधारण शेयर निष्काशन गर्ने योजना बनाएको छ । यस सन्दर्भमा नेक्सजेनका प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच क्यापिटलको कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

कम्पनीको हाल अधिकृत पूँजी १०० करोड रुपैयाँ र जारी पूँजी ५० करोड रुपैयाँ रहेको छ । नेक्सजेन म्यानेजमेन्ट स्थापनाको तेस्रो वर्षदेखि लगातार ६ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ । गत वर्ष नगद लाभांश वितरण गरी यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारिएको छ भने कम्पनीको नेटवर्थ शेयरको अंकित मूल्यभन्दा बढी रहेको छ ।

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता समारोहमा कम्पनीका प्रमुख शेयरधनी विजय बहादुर शाह र कमल पन्थी पनि उपस्थित थिए ।

You might also like

Comments are closed.