एनआईसी एशियाको ‘डिजिटल उत्सव’योजना, १९ वटा ब्राण्ड तथा स्टोरमा ५०% सम्म छुट

काठमाडौं । एन आई सी एशिया बैंकले दशैं, तिहार, नेपाल संवत एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले आफ्ना ग्राहक समक्ष ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजना आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण रहेको बैंकले जनाएको छ ।

योजना अनुसार बैंकका ग्राहकले आगामी १ कात्तिकदेखि ५ मंसिरसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता (क्यास ब्याक) को लाभ लिन सक्नेछन् ।

बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस अतुलनीय ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सक्नेछन् ।

ग्राहकले चाडपर्वका बेला अत्यावश्यक हुने विभिन्न सामग्री खरिद गर्न सहज एवं सुलभ बनाउनका निमित्त बैंकले विभिन्न ब्राण्ड तथा स्टोरहरूसँग समझदारी गरी आकर्षक छुटको व्यवस्था गरेको हुँदा अवसरको समयमै फाइदा उठाउन बैंक सम्पूर्ण ग्राहक समक्ष आग्रह गरेको छ । देशव्यापी कोभिड १९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आजको टड्कारो आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै ग्राहकलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास छ ।

चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहकलाई डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.