एनआईसी एसिया बैंकद्वारा मन छुने सन्देशसहित दसैं भिडियो सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी एवं नं १ बैंक एन आई सी एसिया बैंकले आफ्नो दशैं भिडियो सार्वजनिक गरेको छ । आफ्नैहरुबाट तिरस्कृत भएर वृद्धाश्रममा जीवन बिताइरहेका वृद्ध – वृद्धाको कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । साथै कथाको अर्को पाटोमा अनाथहरुको आफन्तबिनाको नीरस जीवनको चित्रण गरिएको छ ।

कथाका यी दुइ पात्रहरुलाई एकैठाउँमा ल्याएर वृद्धाश्रम र अनाथआश्रम बिचको दूरी मेटाएर एक नयाँ शुरुवातको सटिक प्रस्तुतीकरण यस भिडियो मार्फत गरिएको छ ।

सोच बदलिएको खण्डमा हर कुरा सम्भव छ भन्ने सन्देश यो भिडियोले दिएको छ । वृद्धाहरुलाई बालबालिकाको साथ तथा अनाथहरुलाई वृद्ध वृद्धाका रुपमा अभिभावकहरुको साथ पाएपछि दशैं हर्षोल्लासका साथ मनाइएको मन छुने प्रस्तुती रहेको छ । कथाको अन्त्यमा एकदमै नयाँ सोच तथा अवधारणाको वाल वृद्धाश्रमको शुरुवात देखाइएको छ ।

सदैव परिष्कृत  सेवा प्रदान गरी सहज बैंकिङ सेवा दिँदै आएको एनआईसी एसिया बैंकले आफ्नो दशैं भिडियो मार्फत नयाँ सोचौं खुसी बाडौं भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

You might also like

Comments are closed.