दशैं बिदामा एनआईसी एशिया बैंकको शाखा सञ्चालन हुने

काठमाडौं । आगामी विजया दशमी २०८२ का अवसरमा दशैं बिदा भए तापनि एनआईसी एशिया बैंकका केही शाखा सञ्चालन हुने भएका छन् । बैंकले ग्राहकहरूको बैंकिङ आवश्यकतालाई सहज बनाउन दशैंको सार्वजनिक बिदाका दिनहरूमा पनि नेपालभरका चयनित शाखाहरू खुला रहने जानकारी दिएको हो ।

बैंकका अनुसार असोज १३ गते सोमबार सप्तरीको शाखा, असोज १४ गते मंगलबार भक्तपुर, पुतलीसडक, कमलादी, न्युरोड (सिवापसङ्ग्री), थानकोट र नारायणगढ शाखा, असोज १५ गते बुधबार मकवानपुरको शाखा, असोज १६ गते शुक्रबार गण्डकी प्रदेशको पोखरा शाखा, असोज १८ गते शनिबार लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी र चौरस शाखा खुला रहनेछन् ।

बैंकले बिदाका दिनहरूमा काउण्टर सञ्चालन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म (न्युरोड सिवापसङ्ग्री बाहेकका शाखाहरूमा) र दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म (न्युरोड सिवापसङ्ग्री शाखामा मात्र) खुला रहने जनाएको छ ।

एनआईसी एशिया बैंकले दशैंको शुभकामना व्यक्त गर्दै आफ्ना ग्राहकलाई अपार शान्ति, अनन्त सुख, समृद्धि र सु–स्वास्थ्यको कामना समेत गरेको छ ।

You might also like

Comments are closed.