काठमाडौं । एन आई सी एशिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा शेयर कर्जा ऋण दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘ NIC ASIA ATHOT Loan Against Share’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यस योजना अन्तर्गत न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहक महानुभावहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।
Comments are closed.