काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरको थाहा नगरपालिका–६मा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सहकार्यपछि बैंकका ग्राहकहरूले रिट्रिटमा कुनै पनि सेवा उपभोग गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा आकर्षक छुट पाउने भएका छन् ।
सम्झौता अनुसार ग्राहकहरूले रिसोर्टका रहने (रिट्रिट प्याकेज) सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, खाना तथा पेयपदार्थ सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। यसले ग्राहकलाई आरामदायी वातावरणमा सेवा लिन थप प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।
उक्त छुट सुविधा उपयोग गर्नका लागि एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी अनिवार्य रूपमा गर्नुपर्नेछ । यसको लागि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले ओम अध्याय रिट्रिटसँगको सहकार्यले ग्राहकहरूलाई सेवामा विशेष छुट प्राप्त गर्न मात्र सहयोग गर्ने नभई देशभर डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गरी नगदरहित कारोबारलाई विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
 
			



 
											



Comments are closed.