काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, देवदह (रुपन्देही) मा उपचार सेवा लिँदा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् । यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले अस्पतालमा सेवा लिँदा डिजिटल भुक्तानी गरेमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। यस अन्तर्गत इएम सेवामा ५० प्रतिशत, ल्याब सेवामा २५ प्रतिशत, एक्स–रे तथा अन्य रेडियोलोजी सेवामा १० प्रतिशत, फिजियोथेरापी सेवामा १५ प्रतिशत, ओपीडी तथा इन्डोर सेवामा १५ प्रतिशत, सर्जिकल सेवामा (सीटी र एमआरआई बाहेक) १५ प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । एनआईसी एशिया बैंकका अनुसार, देवदह मेडिकल कलेजसँगको यो सहकार्यले ग्राहकहरूलाई उपचारमा राहत पुर्याउने मात्र होइन, देशमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा पनि सहयोग पुर्याउनेछ ।








Comments are closed.