एन आई सी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

कठमाडौं । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकको लागि प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकले रू. ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन् । औषत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार ९न्यमि द्यबच० तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, यस कर्जा योजना अन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ ।

ग्राहक महानुभावहरुले यस योजना अन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेका छ ।

You might also like

Comments are closed.