काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको ब्गAuthorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनालीज्यू र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार एन आई सी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर (0% EMI)मा Honor ब्राण्डका स्मार्टफोन efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोन खरिद गर्न सक्ने छन् । मासिक किस्तावन्दीका लागि बैंकको पोर्टलबाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।
साथै, विदेशमा रहेका नेपालीले समेत EFIX Nepal को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे …Cybersource प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् । यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।
सदैव आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ अनुभव प्रदान गर्न यस बैंक सदैव क्रियाशील रहेकोे परिप्रेक्ष्यमा EFIX Nepal सँगको यस सहकार्यले बैंकका ग्राहक लाई व्ययभार कम गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।







Comments are closed.