एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा उपचार गर्दा छुट

कठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माज्यूले हस्ताक्षर गरेका हुन्

यस बैंकका ग्राहकले ln-patient roorr charge, preventive health check packages  रr Attenclees health checkup  सेवाहरुमा १० प्रतिशत छुट सुविधा पाउनेछन् । Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

साथै, Complimentary registration fees, Access to intemational patient lounge  जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत Appointment लिने बैंकका ग्राहक लाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

 

You might also like

Comments are closed.