होटेल ईष्टर्नको आईपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडहोटेल ईष्टर्न नेपाल लिमिटेड बीच सर्वसाधारणमा प्राथमिक शेयर (IPO) निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

मेचिनगर–१०, झापामा निर्माणको अन्तिम चरणमा रहेको प्रस्तावित पाँचतारे होटेलले भविष्यमा सर्वसाधारणमा शेयर जारी गर्ने तयारीस्वरूप क्यापिटलसँग सम्झौता गरेको हो। एन आई सी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कम्पनी स्थापना देखि IPO जारी गर्ने चरणसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

होटेल ईष्टर्न नेपालले अन्तर्राष्ट्रिय ब्रान्डसँग व्यवस्थापकीय सम्झौता गरिसकेको र २०८३ साल वैशाखभित्र नियमित सञ्चालनका लागि बुकिङ खुला गर्ने लक्ष्य राखेको छ । भारतसँग नजिकको भौगोलिक अवस्थिति (भारतीय सीमाबाट करिब ७ कि.मि. तथा बागडोगरा विमानस्थलबाट करिब २७ कि.मि.) का कारण भारतीय पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको छ ।

सञ्चालनपछि अन्तर्राष्ट्रियस्तरका आवास, सेमिनार तथा सम्मेलन सेवा उपलब्ध गराउने लक्ष्यसहित होटलले पर्यटन प्रवर्द्धन र वैदेशिक मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास लिएको छ ।

साथै,आईपो सम्बन्धी परामर्श सेवा लिन इच्छुक कम्पनीहरूले एन आई सी एशिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सकिने जनाएको छ ।

You might also like

Comments are closed.