एन आई सी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लघुवित्तले शनिबार कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको र महिला र विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एन आई सी एशिया लघुवित्त वित्तीय सस्थाले सुदुर पश्चिम प्रदेश कलुवापुरको रौलेश्व मा.वि. चवन्निबजार का ६८ बढि विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गत का १८६ महिला दिदि बहिनीहरुमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो ।

कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।

You might also like

Comments are closed.