काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइन सामान खरिद गर्न चाहने ग्राहकलाई आकर्षक नगद फिर्ता (क्यास ब्याक)को योजना सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल संवत एवं छठपर्वलाई लक्षित गर्दै बैंकले यो योजना ल्याएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
योजना अन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले Sastodeal / Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । बैंकमा आबद्ध ग्राहकले २७ असोजदेखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।
चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ ।
Comments are closed.