निलगिरी सहकारी अर्ब क्लब नजिक

पोखरा । पोखराको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्ब क्लब नजिक पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सहकारीको ब्यालेन्ससिट ९९ करोड रुपैयाँ पुगेसँगै सहकारी अर्ब क्लब नजिक पुगेको हो ।

२५ जना सेयर सदस्यबाट २२ वर्ष अगाडि सेवा सुरुवात गरेको सहकारीमा अहिले ८३७ जना सेयर सदस्य पुगेका छन् । असोज मसान्तसम्ममा सहकारीले ब्यालेन्ससिट ९९ करोड रुपैयाँ भन्दा माथि पुगेको सचिव तीर्थराज आचार्यले आर्थिक आवाजलाई जानकारी दिए । ऋण लगानी ७३ करोड ६३ लाख रुपैयाँ छ भने निक्षेप संकलन ८० करोड ८२ लाख रुपैयाँ पुगेको छ । पोखरामा करिब एक दर्जन सहकारीको व्यालेन्ससिट एक अर्ब रुपैयाँ भन्दा माथि छ ।

यसैबीच, सहकारीको २२औं वार्षिक साधारणसभा हालै पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगाधर पौडेल, निवर्तमान अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, सल्लाहकार तथा संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पूर्व अध्यक्ष कालिदास पौडेल, पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, नेफ्सकुन शाखा प्रमुख यामकला सुवेदी तथा शेयर सदस्यहरुको तर्फबाट मिना पोख्रेल लगायतले उक्त अवसरमा बोलेका थिए ।

सहकारीबाट सबैभन्दा बढी कारोबार गर्ने शेयर सदस्यहरु परिधि आचार्य, हुम बहादुर राना मगर, रुक्मिनी बराल, श्याम प्रसाद भुषाल र कृष्ण प्रसाद पौडेललाई सम्मान गरिएको थियो । संस्थामा कार्यरत कर्मचारी मेनुका गौतम पोख्रेललाई उत्कृष्ट कर्मचारी सम्मान गरिएको छ ।

संस्थाले प्लसटु उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम बमोजिम सर्वोत्कृष्ट छात्र विकल्प गौतम र छात्रातर्फ सन्ध्या बराल तथा विभिन्न विधामा विशिष्टता हासिल गर्ने नबिन पौडेल (एमबिए), शरद बराल (एमबिबिएस), सागर बराल (बिए÷एलएलबि), सौगातराज बराल (बिबिए), सदीक्षा पौडेल (बिएससी एग्रिकल्चर), सुस्मिता पौडेल (मेडिकल एण्ड एलाइड साइन्स), अमित पोख्रेल (बिई सिभिल), आयाम शर्मा (बिई कम्प्यूटर), पज्ञा पोख्रेल (बिई सिभिल)लाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा संस्थाका अध्यक्ष लेखनाथ बरालले वार्षिक प्रतिवेदन, लेखा समिति सदस्य राजेन्द्र प्रसाद भण्डारीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष पबित्रमणि पोख्रेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगाधर पौडेलले स्वागत तथा संस्थाको समग्र आर्थिक अवस्थाको बारेमा चर्चा गरेका थिए भने सचिव तीर्थराज आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.