विविध कार्यक्रमसहित निप्स पोखरा च्याप्टरले मनायो स्थापना दिवस

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि सर्भेयर एसोसिएसन गण्डकी च्याप्टरले जितेको छ । प्रतियोगिताको उपबिजेता शिखर इन्स्योरेन्स बनेको छ ।

समापन कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका कार्यालय प्रमुख केशवप्रसाद दाहालले निप्सले स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना गरेर सबै कम्पनीका कर्मचारीहरु र बीमा क्षेत्रका सरोकारवालाहरुबीच भाइचारा र आत्मीयता बढाउने काम गरेको बताए ।

उक्त अवसरमा बोल्दै बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको विकास र प्रवर्द्धनमा निप्सको सक्रियता राम्रो रहेको बताए । बचत तथा सुरक्षाका लागि बीमा अनिवार्य भएको बताउँदै उनले सबैले मिलेर बीमाको प्रवर्द्धन गर्नुपर्ने बताए ।

jutta mela

निप्स पोखरा च्याप्टर अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा निप्स पोखरा च्याप्टरका सचिव छबिलाल पौडेल, कार्यक्रम संयोजक गणेश धमला लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.