निप्स पोखरा च्याप्टरद्वारा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी आयोजना

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

पोखरास्थित जीवन तथा निर्जीवन बीमासँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुको सहभागितामा पोखरामा र्याली आयोजना गरिएको हो ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको र्याली चिप्लेढुंगा, न्युरोडहुँदै सभागृहमा पुगेर कोण सभामा परिणत भएको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका निमित्त प्रदेश सुन्दर शर्मा मरासिनीको प्रमुख आतिथ्यतामा तथा निप्स पोखरा च्याप्टरको अध्यक्ष बन्द्रिनाथ पौडेलकोे अध्यक्षतामा कार्यक्रम भएको हो ।

jutta mela

कार्यक्रममा निप्सका पूर्व अध्यक्ष कविराज पौडेल, नेपाल सर्भेयर एसोसिएसन गण्डकीका निबर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदार, निप्स पोखरा च्याप्टरका सचिव छबिलाल पौडेल, कार्यक्रम संयोजक ढंक दाहाल लगायतले बोलेका थिए ।

र्यालीमा सहभागीहरुले बीमा सम्बन्धी ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

You might also like

Comments are closed.