पोखरा । निप्स पोखरा च्याप्टरको १२औं वार्षिक साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षता तथा बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालको प्रमुख अतिथ्यता र बीमा प्राधिकरण उपनिर्देशक शम्भुप्रसाद मिश्रको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त अबसरमा निप्सले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । सामाजिक कार्य गरी वार्षिकोत्सव मनाउने उद्देश्यले मानवसेवा आश्रमलाई सहयोग गरिएको सचिव छबि पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख दाहालले २ वर्षको पोखराको कार्यकालमा निप्स पोखरासँग सहकार्य गरी उत्कृष्ट कार्य गर्न सफल भएको अनुभव सुनाए ।
बीमा प्राधिकरण उपनिर्देशक मिश्रले आगामी दिनमा निप्ससँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा क्षेत्रको प्रवर्द्धनमा निप्स पोखरा सक्रिय भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष शिव सुवेदीले र सचिवको प्रतिबेदन सचिब छवि पौडेलले पेश गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
कार्यक्रमा निप्स आजीवन सदस्य विष्णु पौडेल तथा टुल्कनाथ आचार्यले पनि आफ्नो धारणा राखेका थिए । संस्थाका उपाध्यक्ष सूर्यबहादुर केसीले स्वागत मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश प्रमुखमा सरुवा भएका उपनिर्देशक शम्भुप्रसाद मिश्रलाई निप्स पोखराले स्वागतसमेत गरेको छ ।
Comments are closed.