पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) गण्डकीको १३औँ वार्षिक उत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले यस प्रकारका मैत्रीपूर्ण खेलकुद कार्यक्रमले खेलाडीहरूबीच आपसी भाइचारा विस्तार हुनुका साथै बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच चिनजान, हार्दिकता र विश्वास बढाउने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष छवि पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रममा पौडेलले निप्सका उद्देश्यहरू अनुरूप वार्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिँदै यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी गराए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिव सुबेदीले गरेका थिए कोषाध्यक्ष सुरेश रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संयोजन राजेश बाबु खत्रीले गरेका थिए ।
प्रतियोगितामा १९ वटा बीमा कम्पनीहरूको सहभागिता थियो । प्रतियोगितामा एनएलजी इन्स्योरेन्स प्रथम भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सको संयुक्त टोली फस्ट रनरअप बनेको छ ।
मैत्रीपूर्ण फुटसल प्रतियोगिताले बीमा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाइ छ ।






Comments are closed.