कोरोना संक्रमणबाट बैंकर श्रेष्ठको निधन

काठमाडौं । कोरोना संक्रमण पछि उपचाररत बैंक निरज श्रेष्ठको निधन भएको छ ।

माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रेष्ठको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वीरेन्द्र अस्पताल महाराजगञ्जमा उनको उपचारको क्रममा निधन भएको हो ।

मीलनसार तथा कुशल व्यवस्थापक श्रेष्ठसँग बैंकिङ क्षेत्रमा ३ दशक भन्दा बढी काम गरेको अनुभव थियो ।

यस अगाडि उनको बुबाको पनि कोरोना संक्रमणबाटै अघिल्लो दिन निधन भएको थियो ।

You might also like

Comments are closed.