पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको कोषाध्यक्षमा निरन केसी सर्वसम्मत

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको कोषाध्यक्षमा निरन केसी निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनी कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनी यस अगाडि सचिव भएर वाडामा काम गरेका थिए । सचिव भन्दा अगाडि उनले २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।

jutta mela

केसी फोर्स गाडीको लागि नेपालको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक हुन् ।

You might also like

Comments are closed.