निर्माणले भने ‘बजेट निर्माणमा चौधरी ग्रुपको कुनै संलग्नता छैन’

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले बजेट निर्माणका क्रममा चौधरी ग्रुपलाई जोडेर विभिन्न आरोप लगाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत चौधरीले बजेट निर्माणका क्रममा आफ्नो समूहको कुनै चासो र सरोकार नरहेको पनि स्पष्ट पारेका छन् ।

चौधरी ग्रुपको प्रत्यक्ष संलग्नतामा बजेट निर्माण भएको भन्दै पछिल्लो समय अर्थमन्त्री आलोचित भएका छन् । यसै विषयलाई जोडेर अर्थमन्त्रीको राजीनामा समेत मागिएको छ ।

‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ,’ चौधरीले भनेका छन् । ‘साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ ।’

jutta mela

उक्त मामिलामा आफूहरुको संलग्नता देखिए कारबाही भोग्न तयार रहेको पनि चौधरीले बताएका छन् ।

‘यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।’ चौधरीले लेखेका छन् ।

You might also like

Comments are closed.