राष्ट्रपति निर्वाचनमा राष्ट्रिय परिचय पत्रका आधारमा पनि भोट हाल्न पाउने

काठमाडौं ।  राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय परिचय पत्रका आधारमा पनि भोट हाल्ने पाइने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले मतदाता परिचयपत्र, संसद् सचिवालयको परिचय पत्र, सांसद निर्वाचित प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक कागजात भएकाले मतदान गर्न पाउने बताएका छन् ।

“निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ,” विज्ञप्तिमा भनिएको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचनमा प्रदेशसभा सदस्य र संघीय सांसदले मतदान गर्नेछन् ।

You might also like

Comments are closed.