निश्चल पोखरेल, अध्यक्ष, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश
गण्डकी प्रदेशमा हेभी इक्विपमेन्ट व्यवसायको अवस्था सन्तोष जनक रहेको छ । मुग्लिन–पोखरा सडक र नारायणगढ–बुटवल सडक निर्माणको कामले गर्दा यो व्यवसायमा थोरै भएपनि राहत भएको महसुस गरेका छौं । समग्रमा देशभर आर्थिक मन्दीको प्रभाव परेको अवस्थामा यहाँ पनि मन्दीको असर भने कायमै छ । पछिल्लो समय निर्र्माणका कामहरु बढ्न लागेसँगै यो व्यवसायमा पनि क्रमिक सुधार आउने अपेक्षा हामीले गरेका छौं ।
हामीले यस क्षेत्रका हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई समेटेर व्यावसायिक हितमा काम गरिरहेका छौं । प्रदेशभर कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपुर, बागलुङमा सक्रिय संगठन निर्माण भएर यस क्षेत्रमा काम भइरहेको छ । अन्य जिल्लामा पनि संघ गठन गर्ने योजना बनाएका छौं । प्रदेशका ११ वटै जिल्लामा विकास निर्माणको राम्रो सम्भावना रहेको देखिन्छ ।
Comments are closed.