निसान नेपालद्वारा विशेष अफरसहित ‘न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ’ योजना सार्वजनिक

काठमाडौं । निसान नेपालले ‘न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ’ शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफर प्राप्त गर्न सक्नेछन्।

सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत ग्राहकहरूले अब निसान म्याग्नाइट प्रतिदिन केवल रु. ९९९ मा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको छ।

नयाँ वर्ष अफरअन्तर्गत ग्राहकले रु. १ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन्।

निसान म्याग्नाइट नेपालमा सबैभन्दा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक रहँदै आएको कम्पनीले जनाएको छ छ। यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकको रोजाइमा परेको हो। साथै, म्याग्नाइटले ५(स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ, जसले ग्राहक सुरक्षाप्रति निसानको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताइएको छ।

सुरक्षाको दृष्टिले मात्र नभई, निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), , हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध छन्।

यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान शोरुमहरूमा उपलब्ध हुने कम्पनीले छ। ग्राहकहरूलाई आफ्नो नजिकको शोरुममा गई यस अफरबारे थप जानकारी लिन तथा निसान म्याग्नाइटको अनुभव लिन कम्पनीले आग्ह गरेको छ ।

 

You might also like

Comments are closed.