‘निसान टेकटन’ नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि. ले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल-न्यू निसान टेकटन लाई नेपालमा पहिलो पटक नाइमा मोबिलिटी एक्स्पोमा 2026 मार्फत सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुँदैछ।

विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको निसान टेकटन, निसानको नयाँ प्रिमियम SUV हो, जसले कम्पनीको SUV लाइनअपमा महत्वपूर्ण थपको रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित निसान टेकटन ले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

Nissan Patrol बाट प्रेरित निसान टेकटनले निसानको ७५ वर्ष लामो SUV विरासतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर C-आकारका LED हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्सले यसलाई जहाँ पुगे पनि सबैको ध्यान आकर्षित गर्ने SUV बनाएको छ।

टेकटनमा १००% टर्बोचार्ज्ड Turbo T160 पावरट्रेन उपलब्ध रहेको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट एक्सेलेरेशन तथा इन्धन दक्षता प्रदान गर्दछ। फराकिलो केबिन, उत्कृष्ट बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म सहज बनाउने व्यावहारिक सुविधाले यसलाई पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त SUV बनाएको छ।

सुरक्षाका दृष्टिले पनि  टेकटन अत्याधुनिक प्रविधिले सुसज्जित रहेको छ। यसमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च-शक्तिको स्टिल बडी स्ट्रक्चर तथा Adaptive Cruise Control, Autonomous Emergency Braking, Lane Keep Assist, Blind Spot Warning र 360-डिग्री क्यामेरा प्रणाली लगायतका उन्नत Advanced Driver Assistance Systems (ADAS) समावेश गरिएका छन्। त्यसैगरी, Google Built-in प्रविधिको माध्यमबाट Google Maps, Google Assistant लगायतका स्मार्ट कनेक्टिभिटी सुविधाले यात्रालाई अझ सहज, सुरक्षित र आधुनिक बनाउनेछ।

नाइमा मोबिलिटी एक्स्पो 2026 मा आउने आगन्तुकहरूले अल-न्यू निसान टेकटन लाई नजिकबाट अवलोकन गर्ने, यसका विशेषता तथा प्रविधिबारे जानकारी लिने तथा निसानका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्नेछन्। निसान टेकटन प्रदर्शनी अवधिभर अगस्ट ११ देखि १६, २०२६ सम्म भृकुटीमण्डपस्थित Nissan स्टल मा प्रदर्शन गरिनेछ।

पायोनियर मोटोकर्प प्रा.लि. नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर फैलिएको बिक्री, सेवा तथा ग्राहक सहायता सञ्जालमार्फत निसानका गुणस्तरीय सवारीसाधन तथा उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्दै आइरहेको छ।

You might also like

Comments are closed.