निसानको डिलर इलाइट मोटर्सको मनायो प्रथम वार्षिकोत्सव

पोखरा । निसान गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले प्रथम वार्षिकोत्सव मनाएको छ । प्रालिले निसान गाडीको आधिकारिक डिलर बनेर पोखराबाट निसान बिक्री वितरण सुरु गरेको आज सोमबार एक वर्ष पुरा भएको छ ।

निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एक वर्ष अगाडि इलाइट मोटर्सलाई नियुक्त गरेको थियो । इलाइट डिलर बनेपछि पोखरा क्षेत्रमा निसान गाडीको बिक्रीमा आकर्षण देखिएको छ ।

निसानको म्यागनाइट, किस्स लगायतका ब्राण्ड धेरैको रोजाईमा परेको बताउँछन् इलाइट मोटर्सका प्रवन्ध निर्देशक गोपाल बराल । पायोनियर मोटोकर्पले नै नेपाली बजारमा आयात गरेको ड्याट्सन गाडीहरुको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता पनि इलाइट मोटर्स नै हो ।

You might also like

Comments are closed.