पोखरा । निशान र ड्याट्सन गाडीहरुको एक्स्चेन्ज क्याम्प पोखरामा बुधबारबाट हुने भएको छ । निशान र ड्याट्सनका लागि पोखरा क्षेत्रको एक मात्रै आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकको आयोजनामा १९ देखि २२ जनवरी (५ देखि ८ माघ) सम्म एक्स्चेन्ज क्याम्प हुन लागेको प्रा.लि.का प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
जुनसुकै ब्राण्डको पुरानो कार ल्याएर नयाँ निशान र ड्याट्सन कार चढ्ने अवसर क्याम्पमा ग्राहकले पाउनेछन् । क्याम्पमा सहभागी ग्राहकले १० लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बरालले जानकारी दिए । पुरानो कारको उत्कृष्ट मूल्यांकन गरिनुका साथै नयाँ कार खरिदमा एक वर्ष रोड ट्याक्स निःशुल्क हुनेछ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ सेवाका साथै वारेन्टी सुविधा पनि उपलब्ध हुने बरालले जानकारी दिए ।
क्याम्पमा सहभागी भएर निशान तथा ड्याट्सन गाडी टेष्ट ड्राइभ गर्ने ग्राहकलाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको छ । ‘पुरानो गाडी एक्स्चेन्ज गरेर नयाँ गाडी चढ्न चाहने ग्राहकका लागि यो राम्रो अवसर हो,’ बरालले भने, ‘निशान र ड्याट्सनको शोरुम इलाइट मोटर्समा आएर गाडीहरुको निरीक्षण तथा टेष्ट ड्राइभ गर्न म सबैमा अनुरोध गर्दछु ।’
पोखरा क्षेत्रमा निशानका गाडीहरु लोकप्रिय बनेको बरालले जानकारी दिए । गत वर्षमात्रै बिक्री सुरुवात भएको म्यागनाइट धेरैको रोजाईमा परेको छ । ‘निशानको किक्स, एक्स–ट्रेल तथा विद्युतीय कार लिफ पनि धेरैको रोजाईमा परिरहेको छ,’ उनले भने, ‘सस्तो कार चढ्न चाहने ग्राहकका लागि ड्याट्सन पनि उपयुक्त विकल्प बनिरहेको छ ।’
Comments are closed.