पोखरामा निसान गाडीको एक्स्चेन्ज क्याम्प, गाडी खरिदमा छुटै छुट

पोखरा । निसान गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले निसान एक्स्चेन्ज क्याम्पस आयोजना गरेको छ । फागुन २५ बिहीबार सुरु एक्स्चेन्ज क्याम्प फागुन २७ शनिबारसम्म जारी रहने प्रालिका निर्देशक शिव बरालले जानकारी दिए ।

जुन सुकै ब्राण्डको र जुन सुकै मोडलको पुरानो गाडी एक्स्चेन्ज गरी निसानको नयाँ गाडी खरिद गर्ने अवसर एक्स्चेन्ज क्याम्पमा ग्राहकले प्राप्त गर्नेछन् । एक्स्चेन्ज क्याम्पमा सहभागी ग्राहकले विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट, एक वर्षको रोड ट्याक्स छुट, ३ वर्षका लागि फ्रि सर्भिसिङ र वारेन्टी, एक वर्षको लागि बिमा सुविधा उपलब्ध हुनेछ । एक्स्चेन्ज बोनस ५० हजार रुपैयाँसम्म र लोयल्टी बोनस २० हजार रुपैयाँसम्म ग्राहकले प्राप्त गर्नेछन् ।

एक्स्चेन्ज क्याम्पमा सहभागी भइ निसानको किक्स, म्याग्नाइट, लिफ इभी लगायतका गाडी टेष्ट ड्राइभसमेत गर्न सकिनेछ । ‘एक्स्चेन्ज क्याम्पमा सहभागी भइ ग्राहकले छुटैछुटको लाभ लिने अवसर मिल्नेछ,’ बरालले भने ।

निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि. हो । निसानको म्यागनाइट, किस्स लगायतका ब्राण्ड धेरैको रोजाईमा परेको छ ।

You might also like

Comments are closed.