पायोनियर मोटो कर्पद्वारा एसयुभी नयाँ निशान म्यागनाइट सार्वजनिक

काठमाडौं । पायोनियर मोटो कर्प प्रा.लिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलर मार्फत बुकिङ खुला गरेको छ । ग्राहकले वेवसाइटमा गएर गाडी बुकिङ गर्न सक्ने प्रा। लि।ले जनाएको छ ।

नेपाली बजारमा बिग बोल्ड ब्युटिफुल र आकर्षक गाडी निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म रहेको कम्पनीले बताएको छ । निशान मोटर इण्डियाका दक्षिण एसिया बजार व्यवस्थापन प्रमुख रघुनाथ नायरका अनुशार निशान म्याग्नाइटले निशान नेक्स्टको नेपाली र विश्व बजारका लागि तय रणनीतिमा नयाँ अध्यायको शुरुवात गर्दछ ।

“मेक इन इण्डिया, मेक फर द वल्ड”को दर्शनमा निर्मित निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेष्ट इन सेग्मेन्टका सुविधा छन् जसले उपभोक्तालाई नयाँ अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

jutta mela

निशानको मान्यता अनुशार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यु जस्ता प्रविधी पनि छन् । म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकाक्षा पुरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्प प्रा।लि।का प्रवन्ध निर्देशक संदीप कुमार शारदाका अनुशार नयाँ निशान म्याग्नाइटको लन्च निशानको ग्राहक केन्द्रित यात्रामा कोशेढुङ्गा सावित हुनेछ । ग्राहकको आकाक्षा र उच्च प्रविधकिो समायोजन भएको म्यागनाइटले नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्ने कम्पनकिो विश्वास छ ।

You might also like

Comments are closed.