काठमाडौं । स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले, निसान सर्भिसले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ ।
विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।
सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद दिदैं, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे।
यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
पायोनियर मोटो कर्प प्रा. लि. नेपालका लागि निसानको आधिकारिक वितरक हो । कम्पनीले निसानका सम्पूर्ण मोडेलहरूका लागि बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधाहरू प्रदान गर्दै आएको छ । निसान मोटर कम्पनी लिमिटेड, संक्षेपमा निसान, जापानको एक बहुराष्ट्रिय अटोमोबाइल निर्माता हो जसको मुख्यालय निशी-कु, योकोहामामा अवस्थित छ ।
Comments are closed.