इलेक्ट्रिक ब्राण्डको विश्व प्रशिद्ध स्कुटर NIU को शोरुम पोखरामा

 

पोखरा । इलेक्ट्रिक ब्राण्डको विश्व प्रशिद्ध स्कुटर न्यु (NIU) को शोरुम पोखराको नयाँबजारमा खुलेको छ । न्युका लागि नेपालको आधिकारिक बिक्रेता इको इपिmनिटी प्रालिले पोखरामा शोरुम स्थापना गरेको हो ।

यो स्कुटर नेपाली बजारमा भित्रिएको ३ वर्ष भएको छ । यो अबधिमा नेपालमा ७ सय वटा न्यु स्कुटर बिक्री भइसकेको कम्पनीले जनाएको छ । पोखरा क्षेत्रमा पनि यो स्कुटरको माग राम्रोा रहेको प्रा.लि.का सेल्स म्यानेजर दिक्षा श्रेष्ठले जानकारी दिइन् । ‘न्युको बजार बिस्तार तिब्र गतिमा भइरहेको छ,’ उनले भनिन्, ‘पोखरा क्षेत्रमा कम्पनीको आफ्नै शोरुमबाट यो स्कुटर अझ धेरै बिक्री हुने हाम्रो अपेक्षा छ ।’

jutta mela

न्युको शोरुम चितवन, बिर्तामोड र बुटवलमा पनि स्थापना भइसकेको छ । ‘न्युको प्रयोगबाट वातावरण र पैसा मात्र नभएर तपाईं आफ्नो पेट्रोल लाइनमा बस्ने समय पनि बचत गर्न सक्नुहुन्छ, उनले भनिन्, ‘यसमा भएको पावरफुल टर्कले ट्राफिक जाम कम गर्न मद्दत गरिरहेको छ ।’

विगत ३ वर्षमा नै न्युले इतिहास कायम गरेको छ । नेपालमा पहिलो नम्बर प्लेट प्राप्त विद्युतीय स्कुटर हुनुका साथै एक भन्दा बढी बिक्री कक्ष र क बर्गको बैंकबाट फाइनान्सको सुबिधा प्राप्त पहिलो २ पांग्रे सवारी साधन पनि न्यु नै बनेको छ । यो स्कुटरले अटोमोबाइल उद्योगमा नयाँ आयाम ल्याउन सक्ने कम्पनीले विश्वास लिएको छ ।

विश्वले इलेक्ट्रिक सवारी साधन नै भविश्य हो भन्ने बुझ्दै यसैलाई प्राथमिकतामा राखेका छन् । ‘सबै विश्व हरित क्रान्तितर्फ गइरहेको परिप्रेक्षमा नेपालले पनि यसतर्फ पाइला चाल्न पर्ने समय आइसकेको छ, प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जर्मन कम्पनीद्वारा उत्पादित BOSCH को मोटर र जापानी कम्पनीद्वारा उत्पादित Lithium Ion PANASONIC ब्याट्री भएको NIU स्कुटर पोखरा बजारमा टेष्टराइडको लागि उपलब्ध छ ।

You might also like

Comments are closed.