एनएलजी इन्स्योरेन्सको १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनीकोे सत्रौं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको अधिकृत पूँजी रू. १ दशमलव ५० अर्बबाट वृद्धि गरी रू ३ अर्ब पु¥याउने प्रस्ताव पारित गरेको छ ।

सभाले चुक्तापूँजी रू.१ अर्ब ३२ करोड ६६ लाख १४ हजारको १० प्रतिशत रू. १३ करोड २६ लाख ६१ हजार बराबर बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सो बोनस शेयरमा लाग्ने कर समायोजनार्थ नगद लाभांश शून्य दशमलव ५२६३ प्रतिशत रू. ६९ लाख ८२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई चार वर्षको लागि गरिएको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ ।

You might also like

Comments are closed.