चिकित्सक संघ गण्डकीको पदस्थापन, चिकित्सकहरुको हकहितमा काम गर्छुः अध्यक्ष शर्मा

पोखरा । नेपाल चिकित्सक संघ गण्डकी शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । गत असार २५ गते शुक्रबार सम्पन्न अधिवेशनले डा. राजन शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. सुनिल पनेरु, उपाध्यक्षमा डा. कृष्णचन्द्र रिजाल, सचिवमा डा. सुशील तिमिल्सिना, कोषाध्यक्षमा डा. ईश्वर शर्मा कँडेल, सहसचिवमा डा. नवराज अधिकारी र सहकोषाध्यक्षमा डा. चिरायु नारायण भारी छन् ।

सदस्यमा डा. प्रत्यन्त राज वन्त, डा. विष्णु ज्वारचन, डा. पुजन शर्मा, डा. नुवादत्त सुवेदी, डा. अर्जुन भट्टराई र डा. विष्णु भारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. माधब बाबु तिवारीले जानकारी दिए ।

संघले चिकित्सकहरुको हकहितको क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष डा. राजन शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गर्न सहयोग गर्ने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् । संघको कार्यकाल ३ वर्षको हुनेछ ।

lcci
You might also like

Comments are closed.