काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’ को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दीगो बैंकिङ र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।
एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।
बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउन अग्रसर रहेको छ । ‘एनएमबि बैंक वातावरण मैत्री लगानी र दीगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ््न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।
बैंकले देशभरीका १ सय ८१ शाखाहरु, १ सय ३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसकेको छ ।






Comments are closed.