बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देही देवदह खैरेनी पाकरिरुखस्थित फोर सिजन बार एण्ड रिसोर्टबीच सम्झौता भएको छ । सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले रिसोर्टबाट प्रदान हुने सेवामा विशेष छुट पाउने भएका छन् । वेवरेजमा १० प्रतिशत, फुडमा १५ प्रतिशत र लजमा २० प्रतिशत छुट पाउने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र फोर सिजन बार एण्ड रिसोर्टका प्रबन्ध निर्देशक तुल्सीराम पाण्डेले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरित सम्झौता बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र फोर सिजन बार एण्ड रिसोर्टको तर्फबाट प्रवन्ध निर्देशक तुल्सीराम पाण्डेले आदानप्रदान गरेका हुन् । सम्झौता एक वर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने जनाइएको छ ।
सम्झौताले एनएमबि बैंकमा खाता खोलेका ग्राहक लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले विश्वास व्यक्त गरे । अत्याधुनिक सेवा, बातानुकुल, सफा ,स्वादिष्ट परिकार, ग्राहकमैत्री व्यवहार सहित संचालनमा रहेको फोर सिजन बार एण्ड रिसोर्टबाट छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।
भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ, मोबाइल बैकिङ, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने फोर सिजन बार एण्ड रिसोर्टका प्रबन्ध निर्देशक तुल्सीराम पाण्डेले जानकारी दिए ।
Comments are closed.