‘एनएमबी बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक, एनएमबीका ग्राहकलाई विशेष छुट

काठमाडौं । ‘एनएमबी बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक भएको छ । एनएमबी बैंक र बुद्ध एअरको सहकार्यमा उक्त कार्ड सार्वजनिक गरिएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त कार्ड सार्वजनिक गरिएको हो । एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त कार्ड सेवाको शुभारम्भ गरेका हुन् । सोही अवसरमा २ जना ग्राहकलाई उक्त कार्ड हस्तान्तरण समेत गरिएको छ ।

उक्त कार्डबाहक ग्राहकले बुद्ध एअरको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । टिकट रद्ध गर्नुपर्दा शतप्रतिशत क्यासब्याकको सुबिधासहित आन्तरिक यात्रामा ५ किलो थप सामान बोक्न पाउने उक्त अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै एनएमबीका सिइओ केसीले नेपालमै पहिलो पटक यस प्रकारको सेवा आफूहरुले सुरु गरेको बताए । ‘यो सेवाबाट एनएमबीका धेरै ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्,’ उनले भने ।

बुद्ध एयर अध्यक्ष बस्नेतले एनएमबी बैंकसँगको सहकार्यमा यो सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए ।

 

You might also like

Comments are closed.