एनएमबि बैंक र हिल्टन काठमाडौंबीच छुट सम्झौता

एनएमबि बैंक लि. र हिल्टन काठमाडौं बीच एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिबबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मकोआकर्षक छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिब माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।

You might also like

Comments are closed.